arrow

उत्कृष्ट घोषित बारपाक सुलिकोटमा भ्रष्टाचार : चार जनाविरुद्ध बिशेष अदालतमा मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
akthyar-final.jpg

काठमाडौं। गोरखा जिल्लाको बारपाक सुलीकोट गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृतसहित चारजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिव गुरुङ, लेखापाल गंगाबहादुर घले, इन्जिनियर सुजन अंगाई र ठेकेदार अमर गुरुङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आपसी मिलेमतोमा सो गाउँपालिका-७ को झाँक्रीचोक, धारापानी, देउराली, बहाँकोट सडक निर्माण गर्दा वास्तविक कामभन्दा बढी नाप गरेर बिलभरपाई पास गरी रकम भुक्तानी गरेको आरोपमा मुद्दा दायर गरिएको उजुरी पत्रमा उल्लेख छ ।

आरोपित चार जनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ वमोजिमको कसुर गरेको अख्तियारले ठहर गर्दै उनीहरुलाई बिगो तीनलाख ६८ हजार चारसय २० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१)को देहाय (३) बमोजिम सजाय हुन र दफा १७ वमोजिम उक्त बिगो असुल हुनसमेत मागदाबी गरी मुद्दा दायर गरिएको छ । केही दिन पहिले उक्त गाउँपालिकालाई गोरखाको उत्कृष्ट गाउँपालिका घोषणा गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ