मोदी निवासमा एक बर्षपछि बस्यो मन्त्रीपरिषद्को बैठक !
एएनआई,
प्रकाशित २०७८ असार ३० बुधबार
1.8k
Shares
नयाँ दिल्ली। भारतको मन्त्रीपरिषद्को बैठक एक बर्षपछि मात्रै भौतिक रूपमा बसेको छ। कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधवार भौतिक रूपमै बसेको जनाइएको छ।
मन्त्रीपरिषद्मा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक बसालेका हुन्। बैठकमा विशेष गरेर आगामी संसद अधिवेशनका बारेमा छलफल भएको श्रोतले जनाएको छ। भारतको सङ्घीय संसद्को बर्षे अधिवेशन यही जुलाई १९ मा सुरु भई अगस्ट १३ मा अन्त्य गर्ने तय भएको छ।
प्रधानमन्त्री मोदीले बैठकमा कोरोनाभाइरसको महामारी न्यूनीकरणका लागि भइरहेको काम र आगामी योजनाका बारेमा पनि छलफल चलाएको जनाइएको छ।