arrow

सार्वजनिक सवारी साधनमा भाडा बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
mayur-yatayat.jpg

काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतसम्म बढाएको छ । 

दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने लामो दूरीको सवारी साधनमा भाडा बढाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्रतिशत र पहाडमा चल्ने मालबाहक सवारी साधनमा २६ प्रतिशत भाडा बढाइएको हो । 

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, चालक, सहचालकको खर्च र सवारी साधनमा हुने मर्मतलगायत अरु किसिमका खर्चका आधारमा भाडा बढाइएको प्रवक्ता डा भुसालले बताए । 

विसं २०७२ यता भाडादर नबढाइएकाले अहिले बढाइएको उनले बताए । उनले भने, “सवारी साधनमा सबै कुरामा मूल्यवृद्धि भइरहेकै आधारमा भाडा बढाइएको हो ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ