arrow

भारतीय क्रिकेट टिममा कोराना, घुमेरै पारे हैरान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
india-cricket3.jpg
तस्वीर–फाइल ।

काठमाडौं । इङ्गल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टिम कोरोनाको चपेटामा परेको छ । इङ्गल्याण्डसँग खेल्नुअघि नै खेलाडीहरु संक्रमित हुन थालेका छन् । विकेटकिपर ऋषभ पन्तसहित दुई खेलाडीलाई कोरोना लागेकामा एक जना भने नेगेटिभ आइसकेका छन् । पन्त अझै पनि आइसोलेसनमा रहेका छन् । उनको १८ जुलाईमा दोस्रो टेष्ट हुनेछ । हाल उनलाई कुनै लक्षण देखिएको छैन । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका अनुसार इङ्गल्याण्ड र डेनमार्कबीचको युरोकप फुटबलको सेमिफाइनल हेर्न गएका पन्तलाई कोरोना भएको हो । पन्तसँगै हनुमा विहारी र जसप्रीत बुमराह पनि खेल हेर्न गएका थिए ।

जुलाई ८ मा पन्तलाई कोरोना देखिएपछि भारतीय टिमका प्रशिक्षक रवि शास्त्री विम्बल्डन टेनिसको फाइनल हेर्न जुलाई ११ मा गएका थिए । बाँकी खेलाडीहरु परिवारसँग घुम्न निस्केका थिए । बीसीसीआई हैरान भएको छ । फेरि यसमा कडा नियम किन लगाइएको छैन ? 

खेलाडीहरुले अहिलेसम्म कोरोना विरुद्धको कोभिशिल्ड खोपको पहिलो डोजमात्र लगाएका छन् । उनीहरुले दोस्रो डोज इङ्गल्याण्डमै लगाउने छन् । केहीले दोस्रो डोज लगाइसकेका छन् । कप्तान विराट कोहलीसँगै रोहित शर्मासमेत थुप्रै खेलाडी परिवारसँग टुरमा छन् । 

२३ जुनमा साउथह्याम्पटनमा वल्ड टेष्ट च्याम्पियनसिपको फाइनल खेलेपछि इङ्गल्याण्ड टिमका खेलाडीहरु परिवारसँग छुट्टि मनाइरहेका हुन् । सबै खेलाडीले १४ जुलाईमा एकैसाथ हुनुपर्ने थियो । 

यस्तै इङ्गल्याण्डका तीन खेलाडी पनि संक्रमित भएका छन् । जुलाई ६ मा ३ खेलाडीसहित ७ जना पोजेटिभ आएका हुन् । भारतले २० जुलाईदेखि अभ्यास खेल खेल्नुछ । 

भारत र इङ्गल्याण्डबीच पाँच खेलको टेष्ट सिरिज हुनेछ । पहिलो खेल ४ अगष्टदेखि नटिङघममा शुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ