बुवाको किरियामा बस्दा जलेर घाइते भएका सापकोटाको निधन
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २ शनिबार
1.3k
Shares
पाँचथर । बुवाको किरियामा बस्दा ग्याँस लिक भएर आगलागी हुँदा जलेर घाइते भएका फिदिम-४ जोरसालका ४९ बर्षीय दीनानाथ सापकोटाको निधन भएको छ ।
झापाको मेची अञ्चल अस्पतालमा शनिबार बिहान दीनानाथको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गत जेठ २४ गते भगिरथ सापकोटाको मृत्यु भएपछि किरियामा बसेका उनकी श्रीमतीसहित दुई छोराहरु जलेर घाइते भएका थिए ।
घाइतेमध्ये ७२ बर्षिया भगिरथकी श्रीमती चनमायको उपचारको क्रममा जेठ २६ गते निधन भएको थियो । आमा र दाजुसँगै जलेर घाइते भएका मदन सपकोटा भने निको भएर घर फर्किएका छन् ।
घाइते तीनै जनाको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि मेची अञ्चल अस्पताल लगिएको थियो ।