arrow

वाईसीएल बाँके संयोजक कार्कीकी आमाको आफ्नै घरमा हत्या

अनुसन्धान सुरु भइसक्यो:प्रहरी प्रवक्ता बाँके 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
aakasha-karki.jpg

नेपालगन्ज ।बाँकेको कोहलपुरमा वाईसीएल बाँकेका संयोजक आकाश कार्कीको आमाको हत्या भएको छ। 

कोहलपुर  वडा नम्बर ११ स्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गए राती ८२ वर्षीया साउनी कार्कीको हत्या भएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । 

जिल्ला प्रहरी बाँके प्रमुख एसपी श्याम कृष्ण अधिकारीसहितको टोली घटनास्थल पुगेर फर्किएको  बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन् । 

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ, घटना बारे चाँडै पत्ता लाग्ने डिएसपी न्यौपानेले भने। प्रवक्ता न्यौपानेका अनुसार उनको गए राती हत्या भएको हो। घरमा नगद तथा गहना हराएकोले अनुसन्धान पछि मात्रै सबै कुरा प्रस्ट हुने प्रवक्ता न्यौपानेले भने । 

कार्कीको बलाई पोष्टमाटमका लागि भेरी अस्पताल पठाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ