- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । धनुषाको महेन्द्रनगरबाट प्रतिबन्धित लागू औषध गाँजासहित दुई जना पक्राउ परेका छन्।
आइतबार अपराह्न ४ बजेको समयमा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरको हनुमान चौकबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ का ३५ वर्षीय रामकुमार महतो र क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ बस्ने २१ वर्षीया रुवाकुमारी साह रहेकी जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए।
ज.३ प. ५४९ नम्बरको मोटरसाइकलमा आइरहेका दुबैमाथि प्रहरीलाई शङ्का लागेपछि सोधपुछ गर्दा ५ किलो लागू औषध गाँजा बरामद भएको प्रहरीले जनाइको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खबर सङ्कलनको लागि खटिएको प्रहरी जवान पन्चा महतोले मोटरसाइकलमा सवार उनीहरूलाई सोधपुछ गर्ने क्रममा आत्तिन थालेपछि प्रहरीलाई शङ्का लागेपछि उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले चेकजाँच गर्दा मोटरसाइकलको बिचमा च्यापेर राखेको झोलाभित्र प्लास्टिकमा प्याक गरिएको अवस्थामा उक्त गाँजा बरामद भएको छ।
पक्राउ परेका दुबैजनालाई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जानकारी दिए।