arrow

अनशनकारीको मागप्रति डा.कोइरालाको ऐक्यबद्धताः मनोमानी ढंगले बाँडिएको सदस्यता मान्य हुँदैन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
anasan.jpg

काठमाडौं । कांग्रेस क्रियाशील सदस्यतामा भएको धाँधलीविरुद्ध केन्द्रीय कार्यालय सानेपामा आमरण अनशनमा बसेका नेता कार्यकर्ताहरुलाई भेटेर नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले ऐक्यबद्धता जनाएका छन् ।

डा. कोइरालाले अनशनकारीहरुलाई भेटेर सत्य र न्यायको पक्षमा आफू सधैं उभिने भन्दै आन्दोलनका पक्षमा ऐक्यबद्धता जनाएका हुन ।

केन्द्रीय कार्यालयमा अनशनरत धनुषा, बारा र सर्लाहीका नेता तथा कार्यकर्ताहरुको मंगलबार गुनासो सुनेपछि डा.कोइरालाले पार्टीको बिधान भन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्वीकार्य नहुँने बताए । बिधान बिपरित बाँडिएका क्रियाशील सदस्यता खारेज हुनपर्ने डा.कोइरालाको भनाइ थियो ।

उनले क्रियाशील सदस्यतामा भएको धाँधली बिरुद्धको लडाइँमा आफु सधैं सँगै रहेको र यसप्रकारको लडाइँमा अन्तिमसम्म साथ दिने प्रतिबद्धता जनाए ।  कोइरालाले पार्टीको कुनैपनि तहमा बसेर काम गर्नेहरुमाथि हुने अन्याय सहेर नबस्ने पनि बताए । 



नयाँ