arrow

‘युरो कपविथफोनलोन योजनाका ’ को विजेता बने लक्ष्मी बैङ्कका अशोक कुमार खाती

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
f1-soft-winner.jpg

काठमाडौँ। फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’क्याम्पेनको विजेता घोषणा गरेको छ। यस उपहार योजनामा लक्ष्मी बैङ्कका ग्राहक अशोक कुमार खाती विजेता भनेका छन्। विजेता खातीले सामसङ्गको ५५–इन्च स्मार्ट टिभी जितेका छन्।

‘युरो कप विथ फोन लोन’ योजना असार १ गते देखी २३ गते सम्म चलेको थियो भने यसमा फोन लोन सञ्जालका ५ वटा बैङ्क सहभागी भएका थिए। यो योजनामा लक्ष्मी बैङ्क, कुमारी बैङ्क, सिटिजन बैङ्क, नबिल बैङ्क र मेगा बैङ्कका फोनलोनका प्रयोगकर्ताहरू सहभागी हुन सक्ने थिए।

यस योजनामा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो। विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेयर’ द्वारा गरिएको थियो। यो योजनामार्फत फोनलोनले ग्राहकहरू माझ कागज–रहित, धितो–रहित स्मार्ट लोन सुविधाबारे जानकार गराएको छ।

पछिल्ला दिनमा फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तीव्र देखिएको छ। एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैङ्किङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तीव्र आकर्षण देखिएको हो।



नयाँ