arrow

गोरखामा एक युवक मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
dead2.jpg

पोखरा । गोरखामा एक युवक मृत फेला परेका छन् ।  मृत्यु हुनेमा सप्तरीको खडग नगरपालिका वडा नं. २ का वर्ष २२ को करन कुँवर चौधरी रहेका छन् । उनको लडेर मृत्यु भएको प्रहरीको अनुमान छ ।  उनी मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पामा लेबर काम गर्दै आएका थिए । 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार चौधरी मङ्गलवार बिहानैदेखि बेपत्ता भएका थिए ।  उनको आज बिहान सोही रिसोर्ट नजिकैको बाटो मुनि शव फेला परेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । 

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ