- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई आफ्नो पार्टीको बैठक स्थल नबनाउने भएको छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले विगतको परम्परालाई तोड्दै अबदेखि बालुवाटारलाई पार्टीको बैठक स्थल नबनाइने सामाजिक सञ्जाल ट्विटरमा लेखेका हुन् ।
उनले भोलि ८ गते प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक डाकिएकोसमेत भनेका छन् ।
काँग्रेसले भोलि बोलाइएको पदाधिकारी बैठकमार्फत पार्टीको १४औँ महाधिवेशनको कार्य तालिकालाई संशोधन गर्ने बताइएको छ ।
यस्तै क्रियाशील सदस्यताका विषयमा देखिएको विवादका बारेमा समेत काँग्रेसले भोलिको पदाधिकारी बैठकबाट नै टुङ्गो लगाउने नेताहरूले बताएका छन् । काँग्रेसको पदाधिकारी बैठक १ साउनमा बालुवाटारमा बस्दा चौतर्फी विरोध भएको थियो ।