arrow

पोखरामा सवारी दुर्घटना: एकको मृत्यु, एकको अवस्था गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
accident-final_1618120153.jpg

पोखरा । पोखराको लेखनाथस्थित बुढीबजारमा सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । अर्का एक युवक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा दोलखा माली गाउँपालिका घर भई हाल पोखरा २६ बस्ने वर्ष २३ का विनोद क्षेत्री रहेका छन् । 

गम्भीर घाइते हुनेमा वर्ष १९ का साङ्गे शेर्पा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

शनिवार राति ११:३० बजे बुढीबजारमा ग१च ९२४५ नम्बरको भ्यान र ग२१प १२५० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । 

मृतक क्षेत्री मोटरसाइकल चालक र गम्भीर घाइते भएका शेर्पा मोटरसाइकल पछाडि सवार थिए । 

सो दुर्घटनामा भ्यानमा सवार तनहुँ शुक्ल गण्डकीका वर्ष २८ का विशाल गुरुङ र रिसिङका वर्ष २४ का जयराम थापा पनि घाइते भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ