- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’उपहार योजना सार्वजनिक गरेको छ। देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याइएको हो।
फोनपेको नेटवर्कमा आबद्ध भैसकेका र आबद्ध हुन चाहने साना–ठुला सबै व्यवसायलाई समेट्ने यो योजना साउन १३ गतेदेखि तीन महिनासम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। यस योजनामा हरेक दिन क्युआर मार्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रुपैयाँ जित्न सक्नेछन्। यस योजनामा फोनपे मार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुनेछ।
यस योजनामा सहभागी हुनका लागि फोनपे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागी हुनका लागि फोनपे मार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ। फोनपे बिजनेसमा आबद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरी आफ्नो व्यवसायको प्यान नम्बर मार्फत आफै रजिष्ट्रर हुन सकिन्छ। साथै नजिकै रहेको बैङ्क तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनी मार्फत पनि मर्चेन्ट बन्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस योजनामा हरेक दिन बिहान १२ बजे देखि राति ११:५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुने छन्। यो योजनाका विजेता लक्की ड्र मार्फत छनोट गरिनेछ र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजिनेसको फेसबुक लाइभ मार्फत गरिने छ। यो योजनामा फोनपे मार्फत धेरै भन्दा धेरै कारोबार गर्ने व्यवसायीहरूले जित्ने सम्भावना बढी रहन्छ।
फोन पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आबद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढी मर्चेन्ट रहेका छन्। एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैङ्किङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ। फोन पे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पिसिआई डिएसएस भि थ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था हो।