धनुषामा सरकारी गाडी दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
निरंजन कुमार साह,
प्रकाशित २०७८ साउन १५ शुक्रबार
2.1k
Shares
जनकपुरधाम। धनुषामा सरकारी नम्बर प्लेटको स्कर्पियो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।
शुक्रवार बिहान जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिका वडा नम्बर ४ स्थित सपही चोक राजमार्गमा पुल निर्माण गर्न खनिएको खाल्डोमा प्रदेश २ -०२-००१ झ ००३५ नम्बरको गाडी खसेको हो । बिहान ५ बजे ढल्केवरबाट जनकपुर तर्फ आउँदै गरेको गाडी तीव्र गतिको कारण दुर्घटनामा परेका प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ बस्ने साझेदारी पंचधुरा वन कार्यालय बर्दिवासका अध्यक्ष दीपक यादवको मृत्यु भएको हो । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले बताए ।
घाइते हुनेमा मृतक यादवकी श्रीमती रिता यादव , १२ वर्षीय छोरा गहेन्द्र यादव , भाइ नवीन यादव , नवीन कि ३३ वर्षीय श्रीमती अम्बिका यादव , मठियानी नगरपालिका वडा नम्बर २ का तिलोक यादवको उपचार प्रादेशिक अस्पतालमै भइरहेको महेन्द्रनगर इलाका प्रहरी कार्यालय निरीक्षक तिलक सुनारले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको र त्यो गाडी लोहरपट्टी नगरपालिकाको रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।