arrow

निर्वाचन आयोगको फैसला बदर गर्न माग गर्दै सर्वोच्च पुग्यो जसपाको महन्थ समूह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
supreme-court-long.jpg

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह सर्वोच्च अदालत पुगेको छ । निर्वाचन आयोगले गत ११ साउनमा गरेको जसपाको आधिकारिकता बारेको निणर्यको फैसला बदर गर्न माग गर्दै ठाकुर पक्ष सर्वोच्च पुगेको हो । ठाकुर पक्षबाट शुक्रबार अधिवक्ता प्रदिप कुमार पाठकले सर्वोच्चमा रिट दायर गरेका हुन् । 

गत ११ साउनमा निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो । जसपामा पार्टी एकता हुँदा आयोगको रेकर्डमा कायम केन्द्रीय कार्यकारिणी सदस्यको कूल सङ्ख्यामा बढी सङ्ख्या यादव पक्षमा रहेको सनाखतपछि आयोगले यादव पक्षलाई जसपाको आधिकारिकता दिएको थियो । 

त्यस बखत कूल ५१ सदस्सीय कार्यकारिणीमा यादव पक्षमा ३४ र ठाकुर पक्षमा १६ जना कार्यकारिणी सदस्यले सनाखत गरेका थिए । 

तर सो निर्णय सुनाउने निर्वाचन आयोगको फैसलाविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत गएको हो । यस अघिसमेत ८ साउनमा ठाकुर पक्षले आधिकारिकता सम्बन्धी सनाखत रोक्न माग गर्दै सर्वोच्चको ढोका ढकढकाएको थियो । 

त्यस बखत भने दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिएको थियो । 

सो रिटको पेसी साउन १७ मा तोकिएको छ । यस्तै निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको रिटको पेसीसमेत आइतबारलाई नै तोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ