arrow

सम्पूर्ण नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउन नेता सिंहको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १६ शनिबार
prakash.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउन सरकारसित आग्रह गरेका छन् ।

शनिबार विहान काठमार्डौको नयाँ बजारमा भएको एक कार्यक्रमा बोल्दै नेता सिंहले कोरोनाको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई खोपको व्यवस्था गर्न सरकारले विशेष तयारी थाल्न आग्रह गरेका छन्।

उनले काँग्रेस नेतृत्वको सरकारको पहिलो प्राथामिकता कोरोना नियन्त्रण हुनुपर्ने समेत बताएका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउने बताइसकेको भन्दै सिहंले त्यसै अनुसार काम थाल्न सरकारलाई आग्रह समेत गरेका छन् ।

कोरोना संक्रमणको तेस्रो लहरको जोखिम उच्च छ । यस्तो बेला सरकारले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई व्यवस्था गर्नुपर्छ ।’उनले थपे,  ‘प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउने बताइसकेका छन् । विश्वास गरौं काम पनि त्यसै अनुसार हुनेछ ।’

साथै नेता सिंहले क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निमार्णका लागि सहयोग गर्नेहरुलाई धन्यावाद समेत व्यक्त गरे । कार्यक्रममा ९८ लाख रुपैयाँ सहयो गर्ने ब्यक्तित्वहरुलाई धन्यवाद तथा सम्मान गरिएको थियो ।



नयाँ