arrow

सभापतिको दौडमा रहेका तीन नेताको निष्कर्ष: संबैधानिक बाध्यतालाई ख्यालमा राखेर महाधिवेशन गरौं

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १६ शनिबार
nidhi-sing-koirala.jpg

काठमाडौं । नेपाली कांग्रेसका तीन नेताले संबैधानिक बाध्यतालाई ख्यालमा राखेर पार्टीको १४औं महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमानसिंहबीच भएको भेटवार्तामा महाधिवेशन केन्द्रीत छलफल भएको हो ।

सिंह निवास चाक्सीबारीमा भएको छलफलमा मुलुकको राष्ट्रिय राजनीतिक र कांग्रेसको आसन्न १४औं महाधिवेशनको विषयमा छलफल भएको नेविसंघका पूर्वप्रवक्ता युपी लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार तीन नेताहरुबीच आसन्न महाधिवेशनमार्फत आगामी पार्टी नेतृत्वको विषयमा छलफल भएको हो ।

छलफलका क्रममा कांग्रेस नेतृत्वमा बनेको सरकारले प्रधानमन्त्री शेर बहादुर देउवाले भनेजस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारले ध्यान दिनुपर्ने विषयमा कुराकानी भएको थियो ।

पार्टीको नेतृत्वका लागि दौडमा रहेका तीन नेताबीचको यसअघि तीन नेताबीच पटक–पटक भएको छलफलमा बाहिर देखिने ठोस उपलब्धि हुन सकिरहेको छैन् ।  निधि दिल्लीबाट फर्किएपछि तीन नेताहरु फेरि आन्तरिक छलफलमा जुटेका हुन्। निधि साउन १३ काठमाडौंबाट विराटनगर हुँदै सिलिगुडी-कलकत्ता भएर दिल्ली पुगेका थिए। उनी शुक्रबार काठमाडौं फर्किएका हुन्। 
 



नयाँ