arrow

तनहुँमा साउन ३२ गतेसम्म लकडाउन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
Tanahu-hamrakura.jpg.jpeg

तनहुँ । तनहुँमा साउन ३२ गतेसम्म लकडाउन हुने भएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा भएको बैठकले कोभिड सङ्क्रमण बढ्दै गएकाले साउनको ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । 

थपिएको अवधिमा लकडाउनसम्बन्धी व्यवस्थामा कुनै परिवर्तन भने हुने छैन । तर बैठकमा सक्रिय संक्रमित पाँच सय हाराहारी पुगेकाले कडाइ गर्ने निष्कर्ष निकालिएको थियो । 

तनहुँमा कोरोना सङ्क्रमणको अवस्था नियन्त्रण बाहिर जान लागे पनि छिमेकका जिल्लामा बन्द नभएकाले पुरै रोक्न नसकिएको प्रशासनले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ