arrow

इसेवा मार्फत हवाई जहाज टिकट काट्ने हरेक यात्रुले आकर्षक उपहार पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २० बुधबार
esewa-airlines.jpg

काठमाडौँ। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत हवाई जहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन्। नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाई यात्रु यस योजनामा सहभागी हुनेछन्। यो योजना एक महिनासम्म सञ्चालन हुनेछ।

यस योजना अन्तर्गत इसेवा मार्फत हवाई टिकट काट्ने हरेक यात्रुले अमार्या फेशन हाउसमा सपिङ गर्दा २० प्रतिशत छुट पाउनेछन्। यस्तै टाइटानमा सपिङ गर्दा १० प्रतिशत छुट पाइने छ भने भोजमा १० हजार हजार भाग्यशाली यात्रुले २० प्रतिशत  अथवा रु २५० सम्मको छुट पाउने छन्। यस्तै हरेक यात्रुले आगामी ६ महिना भित्रमा अर्को हवाई यात्राका क्रममा रि–सेड्युल गर्नुपरेमा त्यसका लागि लाग्ने शुल्क समेत इसेवाले बेहोर्ने छ। यस योजनामा सहभागी हुनका लागि इसेवामा केवाइसी भेरिफाइड भएको हुनु पर्नेछ भने इसेवा एप मार्फत टिकट काट्नु पर्नेछ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको सङ्ख्या करिब ४५ लाख रहेको छ। यसै गरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसङ्ख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब एक लाख १५ हजार  भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको सङ्ख्या तीन लाख नाघिसकेका छन्।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५० वटा बैङ्क तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैङ्कबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैङ्क खातामा रकम पठाउन सकिन्छ।



नयाँ