पाकिस्तानमा संक्रमितको मृत्यु दर नौ प्रतिशतभन्दा बढी
रासस-एएनआई,
प्रकाशित २०७८ साउन २१ बिहिबार
1k
Shares
इस्लामाबाद, पाकिस्तान । करिब तीन महिनापछि बिहीबार गरिएका परीक्षणले कोभिड संक्रमण दर नौ प्रतिशत भन्दा बढी देखाएपछि पाकिस्तानमा कोरोनाभाइरस स्थिति खराब बन्दै गएको पुष्टि भएको छ ।
पाकिस्तानी समाचार संस्था न्यूज इन्टरनेशनलका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमूनामा पाकिस्तानको कोभिड-१९ संक्रमितको दर ९.०६ प्रतिशत रहेको छ ।
‘नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर’ (एनसीओसी) कोे तथ्याङ्कअनुसार उक्त अवधिमा कम्तीमा ६२ हजार ४६२ व्यक्तिको रगतको नमूनामार्फत् कोभिड-१९ परीक्षण लिइएको थियो ।
पाकिस्तानमा यो भाइरसको चौथो लहर फैलिरहँदा दैनिक संक्रमित, मृत्यु र हाल सक्रीय बिरामीको सङ्ख्यामा तीव्र वृद्धि भएको तथ्याङ्कले देखाएको छ । यो २४ घण्टाको अवधिमा पाकिस्तानमा कोभिड-१९ संक्रमित ६० जनाको मृत्यु भएको छ र यससँगै पाकिस्तानमा कोभिड-१९ संक्रमित २३ हजार ६३५ जनाको मृत्यु भएको छ ।
देशभरि सक्रिय संक्रमितको सङ्ख्या ७७ हजार ४०९ रहेको भने हालसम्म १० लाख ५३ हजार ६६० व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ । यिमध्ये नौ लाख ५२ हजार ६१६ जना निको भइसकेका छन् ।