नवलपुरबाट कक्षा १२ को परीक्षामा ५ हजार ५ सय ४२ विद्यार्थी सहभागी हुँदै
सञ्जय भट्टराई,
प्रकाशित २०७८ साउन २१ बिहिबार
861
Shares
कावासोती । यही साउन ३१ गते देखि सञ्चालन हुने कक्षा १२ को परीक्षामा नवलपुरबाट ५ हजार ५ सय ४२ विद्यार्थी सहभागी हुँदै छन् ।
शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलका अनुसार जिल्लामा कक्षा १२ सञ्चालन भएका ६२ वटा विद्यालयका ५ हजार ५ सय ४२ विद्यार्थीले कक्षा १२ को वार्षिक परीक्षामा सहभागिता जनाउन लागेका हुन ।राष्ट्रिय परीक्षा बोर्डले तय गरेको मापदण्ड अनुसार एक बेन्च एक विद्यार्थी, एउटा कक्षामा २५ विद्यार्थी रहने गरी परीक्षा सञ्चालनको तयारी गरिएको पोख्रेलले बताए ।
जिल्लामा कक्षा १२ सञ्चालन भएका जम्मा ६२ वटा विद्यालय रहेका र विद्यार्थी आफ्नै विद्यालयबाट परीक्षामा सहभागी हुने पोख्रेलले बताए । कोभिड–१९ सङ्क्रमणको जोखिम उच्च रहेको अवस्थामा स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गरी परीक्षा सञ्चालन गर्ने तयारी गरिएको पोख्रेलले बताए ।