arrow

तनहुँमा मोटरसाइकल दुर्घटना : दुई जनाको अवस्था चिन्ताजनक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
bike-accident.jpg

पोखरा । तनहुँमा सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गोरखा नगरपालिका वडा नं. ११ बाह्र किलोका ४० वर्षका दामबहादुर थापा र स्थानीय ६५ वर्षकी तिलककुमारी थापा छन् ।

उनीहरूको पोखरास्थित अन्नपूर्ण अस्पतालमा उपचार भइरहेको र दुवैको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । 

पोखराबाट दमौलीतर्फ जाँदै गरेको बा९६प ८०८२ नम्बरको मोटरसाइकल र दमौलीबाट पोखरातर्फ आउँदै गरेको ना६ त १०५५ नम्बरको ट्याक्टर म्याग्दे गाउँपालिका वडा नं. ४ मनहरिस्थित पृथ्वी राजमार्गमा एकापसमा ठक्कर खाँदा दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

दुर्घटना पश्चात् ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ