arrow

अन्ततः मेस्सीले बार्सिलोना छाडे, पिएसजी जाने हल्ला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
messi.jpg

काठमाडौं। बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी बार्सिलोना छाड्ने भएका छन् । स्पानिस फुटबलको संरचनागत र आर्थिक नियमका कारणले मेसीले बार्सिलोना छाड्नु परेको बताइएको छ। योसँगै मेस्सीले बार्सिलोनासँग नयाँ अनुबन्ध नगर्ने भएका छन् ।

गत महिना बार्सिलोनासँग अनुबन्ध सकिएका मेस्सी त्यही बेला विभिन्न क्लब जाने गफहरू भएका थिए। पछिल्लो समय बार्सिलोनासँग कुरा मिल्यो र त्यहीँ बस्ने भए भन्ने समाचार बाहिरिए पछि उक्त विषयको चर्चा हुन छाडेको थियो।

बार्सिलोना क्लबले जारी गरेको विज्ञप्ति अनुसार क्लब र मेस्सी दुवैलाई एक अर्का छाड्न मन नलागेको तर संरचनागत र आर्थिक नियमहरूले गर्दा मेस्सीलाई छाड्नु परेको आशय व्यक्त गरिएको छ। यसबारे विस्तृत विवरण सार्वजनिक हुँदै जानेछ।

मेस्सी बार्सिलोनामा नरहने भएपछि फेरि एक पटक अन्तर्राष्ट्रिय फुटबल बजार तातेको छ। फेरि मेस्सी कता जान्छन् भन्ने गफहरू शुरु भएका छन्। पछिल्लो समय पिएसजी, म्यानचेस्टर सिटी दुई क्लबको नाम चर्चामा रहेको थियो।

खेलकुद सम्बन्धी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा मेस्सी पिएसजी जाने आकलन गरिएका समाचारहरू प्रकाशित हुन थालेका छन्। मेस्सीका एजेण्टले पिएसजीसँग गफ गरिसकेको र कुरा मिलिसकेपछि बार्सिलोनाले मेस्सीबारे निर्णय सार्वजनिक गरिएको समेत भनिएको छ। फुटबल बजारका बारे धेरै गफहरू हुने गर्छन्।

 



नयाँ