arrow

पृथ्वीको अनुगमन गर्न भारतले भू-उपग्रह पठाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
india-setalite.jpg

आइएनएन । भारतले ईओएस-०३ को प्रक्षेपण गर्ने भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को  घोषणा अनुसार अगस्ट १२ तारिखका दिन भारतीय पृथ्वी अवलोकन भू-उपग्रह ईओएस-०३ को प्रक्षेपण गरिनेछ।

भू-स्थिर कक्षाबाट सञ्चालन हुने यस उपग्रहले बाढी र चक्रवात जस्ता प्राकृतिक प्रकोपको अनुगमन गर्न मद्दत गर्नेछ। बादल नभएको दिन यस उपग्रहले दैनिक ४-५ पटक पुरै देशको अनुगमन गर्न सक्छ।

श्रीहरिकोटा स्थित सतीश धवन अन्तरिक्ष केन्द्र (एसडीएससी) को दोस्रो प्रक्षेपण पेडबाट भू-सामकालिक भू-उपग्रह प्रक्षेपण यान-एफ १०(जीएसएलभी-एफ१०) ले ईओएस-०३ को प्रक्षेपण गर्नेछ। वातावरण अनुकूल रहेमा सन् २०२१ अगस्ट महिनाको १२ तारिख का दिन पाउने ६ बजे यस उपग्रहको प्रक्षेपण गरिनेछ।

ईओएस-०३ एक अत्याधुनिक चुस्त पृथ्वी अवलोकन भू-उपग्रह हो। यस उपग्रहलाई जीएसएलभी-एफ१० ले एक भू-सामकालिक स्थान मा राख्नेछ। पछि, भू-उपग्रह आफ्नो स्थापित प्रणोदन प्रणाली को उपयोग गरी अन्तिम भूस्थिर कक्षामा पुग्नेछ।

जीएसएलभी को यो उडानमा पहिलो पटक ४ मिटर व्यास भएको ओगिभ आकारको पेलोड फेयरिंग उडाउन लागिएको हो। यो जीएसएलभी चौधौँ उडान हो।

गत महिना राज्यसभामा एक लिखित जवाफमा केन्द्रीय राज्य मन्त्री जितेन्द्र सिंहले उल्लेख गरे अनुसार यस उपग्रहले प्राकृतिक प्रकोप, जल निकाय, बालीनाली, वनस्पतिको अवस्था, वन जङ्गल को परिवर्तन को अनुगमन गर्न सक्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ