arrow

नेपाल र भारतबीच दशरथ रंगशालामा भिडन्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
nepal-india-football.jpg

काठमाडौं । नेपाल र भारतबीच मैत्रिपूर्ण फुटबल हुने भएको छ । दुवै देशका राष्ट्रिय फुटबल टीमबीच दशरथ रंंगशालामा मैत्रीपूर्ण खेल हुने भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार आगामी भदौमा नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल रंगशालामा खेल्ने जनाएको हो ।

मैत्रीपूर्ण खेलबारे दुवै देशका फुटबल संघले निश्चित गरेका हुन् । खेल भदौ १७ (सेप्टेम्बर २) र भदौ २० (सेप्टेम्बर ५ मा हुनेछ । दुवै देश आगामी अक्टोबरमा हुने भनिएको १३ औं संस्करणको साफ च्याम्पियनसिपको तयारीमा रहेका छन् । अहिलेसम्म आयोजकको टुंगो लागेको छैन । 

बंगलादेशले कोरोना महामारीको कारण देखाउँदै आयोजकबाट नाम फिर्ता लिएको छ । नेपालले दावेदारी पेश गरेको छ । त्यस्तै माल्दिभ्सले पनि प्रस्ताव पेश गरेको छ । 

नेपालले यसअघि सन् १९९७ मा र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो ।

हेड टु हेड  
नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । भारतले १३ खेल जित्दा नेपालले दुई खेलमात्र जितेको छ । चार खेल बराबरीमा सकिएको छ ।

नेपालले पछिल्लो पटक भारतलाई सन् २०१३ को साफ च्याम्पियनसिपमा हराएको थियो । काठमाडौंमा भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले हराएको थियो । 



नयाँ