- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई देशका सम्पदाहरू बेचेर खाने रणनीति भन्दै प्रतिरोध गर्ने चेतावनी दिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पार्टीको सात बुँदे निर्णय सार्वजनिक गर्दै प्रतिरोध गर्ने चेतावनी दिएको हो ।
पोखरामा साउन १८ र १९ गते सम्पन्न भएको बैठकबारे जानकारी दिँदै प्रवक्ता जनचाहनाले भने, ‘साम्राज्यवादी एमसीसी सम्झौताका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी माओवादी डटेर प्रतिरोध गर्नेछ ।’ उनले एमसीसीबाट स्वाधीन राष्ट्रलाई झुक्क्याउन खोज्ने र नेपाली जनतालाई शोषण गर्ने खेल भएको भन्दै त्यस विरुद्ध लड्ने बताए ।
‘नेपाली जनतालाई शोषण गर्ने असमान सन्धि सम्झौताहरू हामीलाई मान्य हुँदैन ।’ उनले भने, ‘एमसिसी राष्ट्रघाती साम्राज्यवादी दलालहरूको साँठगाँठको लागि, राष्ट्रियता खोस्नको लागि सम्पदाहरू बेचेर खाने रणनीति हो ।’ एमसिसी नेपाल बेचेर खाने रणनीति भएको आरोप समेत लगाए । उनले एमसिसी सम्झौता विरुद्ध वर्ग सङ्घर्ष मात्र नभएर राष्ट्रिय सङ्घर्षको रूपमा अगाडि बढाउने चेतावनी दिए ।
प्रवक्ता जनचाहनाले १२ बुन्दे शान्ति सम्झौताको सार संसदीय व्यवस्था टिकाउने खेल भएको जिकिर गरे । उनले कोरोना महामारीको बाबजुद प्रतिकुल समयलाई अनुकूलतामा ढाल्दै नयाँ नेतृत्व सहित पार्टीको पूर्ण विस्तारित बैठक बस्न सम्पन्न भएको जानकारी दिए ।
कार्यक्रममा नेकपा कम्युनिस्ट पार्टी (माओवादी)का सचिवालय सदस्य अर्पणले पार्टीको विस्तारित बैठकबाट नेकपा (माओवादी) पार्टीको केन्द्रीय समितिमा ९९ जना रहने समेत सर्वसम्मतले निर्णय गरेको सुनाए ।उनले पार्टीले मालेमावादका आधारभूत सिद्धान्तलाई जनयुद्धको बाटो अवलम्बन गर्दै वैज्ञानिक समाजवादी क्रान्तिलाई अघि बढाउने समेत जिकिर गरे ।
अर्पणले देशमा भएका हत्या, हिंसा, बलात्कार, महँगी, कालोबजारी, भ्रष्टाचार भू-माफिया लुट र सामाजिक दलाल सत्ताको वैधानिक मानव बेचबिखन सबै खाले शोषणका विरुद्ध पार्टी जोडदार प्रतिरोध स्वरूप सङ्घर्षमा उत्रिने बताए । अयोग्य ठहर भई बर्हिगमित भएका जनयुद्धका सिपाहीहरूलाई उचित मूल्याङ्कन सहित पार्टी राहत तथा पुनः सक्रियताका साथ लडाइँको मैदानमा सहभागी हुन समेत आग्रह गरे ।
पार्टीले संसदीय दलाल कम्युनिष्टहरुको बहुपदिय, गुट महत्त्वाकाङ्क्षी र फुट जस्ता श्रंखला घिनलाग्दा कु दृश्य देखि सावधान राख्दै पार्टीलाई जनता सामु पारदर्शी र बलियो बनाउन एक महासचिव प्रणालीमा लैजाने निर्णय गरेको जानकारी दिए । उनलेसम्पुर्ण नेपालीहरूलाई नेपाल कम्यनिष्ट पार्टी (माओवादी)ले देखाएको राष्ट्रिय स्वाधीनता सहितको वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा लाग्न अनुरोध गरे ।