arrow

काठमाडौँबाट हेटौँडा जाँदै गरेको सुमो दुर्घटना : चालकको मृत्यु, ४ जना घाइते 

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ साउन २४ आइतबार
tata-sumo-gold.jpeg

काठमाडौँ । हेटौँडा काठमाडौँबाट हेटौँडा आउँदै गरेको टाटा सुमो दुर्घटनामा परेको छ । केही बेर अघि भिमफेदी कुलेखानी-काठमाण्डौ-सडकखण्ड स्थित मकवानपुरको इन्द्र सरोबर गाउँपालिका -२ सिम खोला नजिक ना १ ज २११४ नम्बरको सुमो दुर्घटना भएको हो ।

सुनौलो यातायात कम्पनीको सुमो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।दुर्घटना हुँदा सुमोमा सवार ५ जना रहेकोमा चालकको घटनास्थल मै मृत्यु भएको र अन्य ४ यात्रु घाइते भएका छन् ।

घाइतेको उपचारका लागी हेटौडा अस्पताल पठाइएको छ । घाइते हुनेमा भारत ज्ञानाबाद विहार प्रान्त बस्ने अन्दाजी वर्ष १४को रोनक कुमार, सोही ठाउँ बस्ने वर्ष १७ को शङ्कर कुमार, वर्ष २० को विशाल कुमार र वर्ष १८ को शक्ति कुमार रहेको प्रहरीले जनाएको छ । 

 प्रहरीका अनुसार मृतक चालकको हाल नाम थर वतन खुलेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ