arrow

पोखरामा सवारी दुर्घटना : स्याङ्जाका गुरुङ दम्पतीको अवस्था चिन्ताजनक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
accident-final_1618120153.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. २ बागलुङ बसपार्क नजिकै पोखरा बागलुङ सडक खण्डमा सवारी दुर्घटना भएको छ । सो दुर्घटनामा स्याङ्जा तेलकाटोरका ३६ वर्षीय दिवन गुरुङ र उनकी धर्मपत्नी वर्ष ३३ की सम्झना गुरुङ गम्भीर घाइते भएका छन् । 

उनीहरूको फिस्टेल अस्पतालमा उपचार भइरहेको र दुवैको अवस्था चिन्ताजनक रहेको कास्की प्रहरीले जनाएको छ । 

कास्की प्रहरी प्रवक्ता सुवास हमालले दिएको जानकारी अनुसार दुवैको टाउकोमा गम्भीर चोट लागेको छ ।  साथै गुरुङकी ४ वर्षकी छोरीको अवस्था भने सामान्य रहेको बताइन्छ ।

जिरो किमीबाट विन्ध्यवासिनीतर्फ गइरहेको ग२च ८६१० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ग१०प ८०७२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी हवलदार कृष्ण बस्नेतले जानकारी दिए ।
 
दुर्घटनापछि कार, कार चालक पोखरा बगरका विज्ञान गुरुङका साथै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ