हिन्दु मन्दिर तोडफोडको बिषयमा निष्पक्ष छानबिनको माग गर्दै नेपाल मानवअधिकार संगठनले पाकिस्तानी दुतावासलाई पठायो पत्र
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
454
Shares
काठमाडौं। नेपाल मानव अधिकार संगठनले पाकिस्तानमा रहेका हिन्दु अल्पसंख्यक समुदायको अधिकारको सम्मान गर्न आग्रह गर्दै काठमाडौं स्थित दुतावासलाई पत्र पठाएको छ । काठमाडौं स्थित पाकिस्तानका राजदुत सैद हैदर शाहलाई नेपाल मानव अधिकार संगठनका अध्यक्ष महामुनिश्वर आचायले पत्र पठाएका हुन् ।
पाकिस्तानको रहिम यार खान जिल्लाको भोंग शहरमा रहेको गणेश मन्दिर तोडफोड भएको घटनापछि मानवअधिकार संगठनले आपत्ति जनाएको हो ।
एक नौं वर्षीय हिन्दु बालकले मुस्लीम सेमीनारमा पिशाब गरेको आरोपको बदलामा उक्त हिन्दु मन्दिर तोडफोड भएको विभिन्न सञ्चारमाध्यममा जनाइएको छ ।
यसै घटनाप्रति निष्पक्ष छानबिनको माग गर्दै मानव अधिकार संगठनले अल्पसंख्यक समुदायको अधिकारको सम्मान गर्न आग्रह गरेको हो ।
यो पाकिस्तान भित्रको मात्रै नभई विश्वभरका अधिकारवादी समुदयाका लागि चिन्ताको बिषय भएको संगठनद्वार जारी पत्रमा उल्लेख छ ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न एवं पाकिस्तानमा रहेका अल्पसंख्यक हिन्दु समुदायका लागि न्यायको रक्षा गर्नसमेत मानव अधिकार संगठनले आग्रह गरेको छ ।