- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएपछि त्यसको आलोचना भएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षा हल, बजारको भिडभाड र मोटरहरु तेस्रो लहरको उद्घाटन समारोह बन्नसक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।
सोमबार विहान सामाजिक संजालमार्फत उनले ‘पहिला खोप दिउँ, अनि परीक्षा लिउँ । भिडले कोभिड तीब्र बनाउँदैछ, सबै गम्भीर बनौं’ भनेका छन् ।
आइतबार मात्र कोरोना संक्रमणका कारण ५५ जनाको मृत्यु भएको उल्लेख गर्दै शर्माले विद्यार्थीको जीवन जोगाउन सम्बन्धित निकायलाई घचघच्याउनु हाम्रो जिम्मेवारी हो’ भनेका छन् ।
त्रिविले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहमतिमै भदौ ५ गतेसम्मको परीक्षा सुचारु रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यसअघि शनिबारको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन ३१ गतेबाट सञ्चालन गर्ने गरी पूर्व घोषित कक्षा १२ को परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरिसकेको छ ।