arrow

गगनको प्रश्न : कक्षा १२ बाहेक अरु तहको परीक्षा सञ्चालनको आधार के ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
gagan-thapa-final.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य तहको परीक्षा सञ्चालन गर्नुको आधार र तर्क के हो भन्दै प्रश्न उठाएका छन् ।

त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने तर राष्ट्रिय परीक्षा बोर्डले पूर्व घोषित कक्षा १२ को परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णयप्रति थापाले प्रश्न गरेका हुन् ।

सोमबार सामाजिक संजालमार्फत थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई परीक्षा सञ्चालन गर्नुको आधार र तर्क के हो भनि प्रश्न गरेका हुन् । उनले यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको धारणा समेत मागेका छन् । स्वास्थ्य मन्त्रालयले यस अघि नै सबै परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको थियो ।

उनले लेखेका छन्,‘कोरोना महामारीको कारणले  कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो।’
 



नयाँ