arrow

युएन रिपोर्ट : २० वर्षमा पृथ्वीको तापक्रम १.५ डिग्री नाघ्न सक्छ, घरबाहिर हिड्दा गर्मीले ज्यान जान सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
climate change.jpg

काठमाडौं । संयुक्त राष्ट्र संघ (युएन)को जलवायु विज्ञान रिपोर्टले पृथ्वीका तापक्रम खतरनाक तरिकाले बढिरहेको तथ्य सर्वाजनीक गरेको छ ।  युएन अन्तर्गतको जलवायु परिवर्तनमा अन्तरसरकारी प्यानल (आईपीसीसी)ले सोमबार उक्त रिपोर्ट सार्वजनीक गरेको हो ।

रिपोर्टमा उल्लेख भए अनुसार पृथ्वीले १ डिग्री सेन्टिग्रेट तापक्रम वृद्धिको आंकडा यसअघि नै पार गरिसकेको छ । जसका कारण तातो हावाको लहर, खडेरी र मुसलधारे वर्षाको मात्र बढ्दै गएको रिपार्टले जनाएको छ ।

यस्तै जलवायु परिवर्तनकै कारण यसअघि पचास वर्षमा एक पटक हुने गरेका चरम मौसमीय गतिविधिहरु प्रत्येक दशकमा नै हुन थालेका छन् । यस्तै दशकमा एक पटक हुने खडेरी अहिले पाँच देखि छ वर्षमा नै हुन थालेको रिपोर्टले जनाएको छ ।

यस्तै, यसै मात्रामा उत्सर्जन बढ्दै जाने हो भने, आउँदा २० वर्षमा नै पृथ्वीको ताचपक्रम वृद्धि १.५ डिग्रि सेन्टिग्रेट नाघ्ने रिपोर्टमा उल्लेख गरिएको छ । यो अवस्था निकै भयानक हुन्छ, यहाँसम्म कि गर्मीकै कारण घरबाहिर रहदा ज्यान जानसक्छ ।

साओ पाउलो विश्वविद्यालयका पर्यावरण भौतिक विज्ञ पाउलो आर्टेक्सोले भने, क्यानडामा गर्मीको लहर, क्यालीफोर्नियाको आगलागी, जमर्नी र चीनको बाढी, मध्य ब्राजिलको खडेरीलगायतका घटनाले जलवायु परिवर्तन खतरनाक हुँदै गइरहेको स्पष्ट छ ।

यस बिषयमा युएनका प्रमुख एन्टोनियो गुटरेसले कोइला र अन्य उच्च प्रदुषक इन्धनको प्रयोग रोक्न आग्रह गरेका छन् ।
जलवायु परिवर्तन रोक्नका लागि ३ महिनापछि स्कटल्याण्डमा ठूलो सम्मेलन हुँदैछ । त्यसको ठिक तीन महिना अघि आईपीसीसीको रिपोर्ट सार्वजनीक भएको हो ।

१४ हजार भन्दा बढी वैज्ञानिकहरुद्वारा तयार पारिएको रिपोर्टले जलवायु परिवर्तनले कसरी पृथवीको समाप्तीतर्फ डोर्याइरहेको छ भन्ने कुरा स्पष्ट पारेको छ । यसको पूर्ण जिम्मेवार मानव जाती रहेको रिपोर्टले उल्लेख गरेको छ ।

थुप्रै देशहरुले कार्बनइअक्साइड उत्सर्जन घटाउँने भने पनि कार्यान्वयन हुन नसकिरहेको वअस्था छ । आउँदो दशकमा विश्वले ग्रिनहाउन ग्यास उत्सर्जन घटाउने हो भने, २०४० सम्ममा तापक्रम १.५ डिग्री र सन् २०६० सम्म १.६ डिग्री रहने छ । 

उत्सर्जन घटाइएन भने सन् २०६० सम्ममा तापक्रम वृद्धि २ डिग्री र यो शतकको अन्त्यसम्म २.७ डिग्री सेन्टिग्रेट पुग्न सक्छ । यो अवस्थामा पृथ्वीमा जिवनको अस्तित्व नै संकटमा पर्न जाने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ