arrow

मेस्सीलाई पिएसजी जान रोक्ने बार्सिलोनाको प्रयास, अदालतमा मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
messi71.jpg

काठमाडौं। बार्सिलोना फुटबल क्लबले आफ्नो स्टार खेलाडी लियोनेल मेस्सी बिदाइ गरेसँगै उनी फ्रान्सको क्लब पिएसजी (पेरिस सेन्ट जर्मन) जाने प्रक्रिया सुरु भएको छ। उनलाई पिएसजीमा अनुबन्धित हुनबाट रोक्न बार्सिलोनाले युरोपियन अदालतमा मुद्दा हालेको छ।

'फाईनान्सियल फेयर प्ले'को अवधारणा अन्तर्गत पिएसजीले मेस्सी अनुबन्धित गर्न नपाउने जिकिर गर्दै उक्त मुद्दा हालिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्। आम्दानी भन्दा बढी खर्च गर्न नपाउने अवधारणालाई 'फाइनान्सियल फेयर प्ले' भनिएको छ।

मुद्दा हालिएको निवेदनमा सन् २०१९-२०को सत्रमा पिएसजीको आम्दानी तुलनामा तलब मात्र ९९% रहेको हुनाले मेस्सीलाई अनुबन्ध गर्न नपाउने बताइएको छ ।  बार्सिलोनाको मेस्सीलाई पिएसजी जानबाट रोक्ने यो अन्तिम उपायका रूपमा लिइएको छ। 



नयाँ