arrow

अत्याधुनिक हतियारसहित आएको लुटेरा समूहलाई पक्रने प्रहरीलाई सम्मान

logo
विवेक मिश्र,
प्रकाशित २०७८ साउन २५ सोमबार
police-samman.JPG

मोरङ । सुन्दरहरैंचा १० त्रिवेणी चोक स्थित एक सुनचाँदी पसलमा लुट्न अत्याधुनिक स्वचालित हतियारसहित आएका लुटेरा समूहलाई पक्रन सफल प्रहरीलाई सुन्दरहरैंचा नगरपालिकाले सम्मान गरेको छ । सोमबार नगरपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरी प्रदेश नम्बर एकका प्रहरी प्रमुख अरुण कुमार बिसी सहितलाई सम्मान गरेको हो ।

सुन्दरहरैंचा नगरपालिका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरे लगायत जनप्रतिनिधीहरुको टोलीले प्रहरीलाई सम्मान गरेको हो । मोरङ प्रहरी प्रमुख जनार्दन जिसी, प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ, इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख सरोज खनाल लगायतलाई नगरपालिकाले सम्मान गरेको हो । 

सुन्दरहरैंचा १० त्रिवेणी चोक स्थित शिव पञ्चायन ज्वेलर्समा साउन १ गते दिउसो स्वचालित हतियार सहित लुटपाट गर्न आएका लुटेराहरूले ज्वेलर्स लुट्ने प्रयास असफल भएका थिए । नगरवासीको शान्ति सुरक्षालाई ध्यानमा राखी प्रभावकारी ढङ्गले प्रहरी परिचालन गरी लुटपाट गर्न प्रयोग भएको एस.एम.जी. १ थान, अटोमेटिक पेस्तोल २ थान, ६८ राउन्ड गोली, ४ वटा मोटरसाइकल सहित ७ जनालाई प्रहरीले साउन १३ गते पक्रन सफल भएको थियो । 

नगरवासीलाई शान्ति सुरक्षाको तत्कालै प्रत्याभूति गराएको र व्यवसायीक प्रहरी नेत्रीत्व एवं उच्च अपराध विश्लेषण क्षमताको कदर गर्दै नगद ५ हजार सहित प्रशंसा पत्र प्रहरीलाई नगरपालिकाले प्रदान गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ