arrow

पोखराबाट दमौली जाँदै गरेको बस दुर्घटना, सात जना घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
bus-accident-.jpg

पोखरा । पोखराबाट तनहुँको दमौली जाँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।  ग१ख ४२१५ नम्बरको बस तनहुँको व्यास नगरपालिका वडा नं. ५ कन्टारस्थित पृथ्वी राजमार्गको चापाघाट मोडमा दुर्घटनामा परेको हो ।

विपरीत दिशा आइरहेको ट्रकलाई साइड दिने क्रममा बस १२ फिट तल झरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । बस सडक भन्दा तल रहेको स्थानीयको घरको आँगनै पुगेको छ । घर भने सुरक्षित छ ।

सो दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए । घाइतेको रतनहरि, एपोलो र दमौली अस्पतालमा उपचार पनि थप उपचारका लागि पोखरा ल्याइएको छ ।

पोखरा ल्याइएका घाइतेमध्ये पाँच जनाको पोखराको चरक मेमोरियल अस्पताल र गम्भीर घाइते भएकी अप्सरा पौडेको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

गाडी चालकलाई सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ