arrow

फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ योजनाका विजेता सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
phone-pay-ammamamama campaign.jpg

काठमाडौँ। फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरूलाई लक्षित गर्दै सुरु गरेको ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’ योजनाका विजेता सार्वजनिक गरेको छ। श्रावण १३ गतेदेखि सञ्चालन भएको यस योजनामा हरेक दिन एक जना मर्चेन्टले एकलाख रुपैयाँ जित्दै आएका छन्। हालसम्म १३ जना मर्चेन्टले एक–एक लाख रुपैयाँ जितिसकेका छन्। तीन महिनासम्म सञ्चालन हुने यस योजनाका विजेता हरेक दिन सार्वजनिक हुने गरेका छन्।

हालसम्म काठमाडौँका युनिक बेकरी, दिल क्याफे, क्याफे ककओ, सेसन वाक, मेडफस्र्ट हेल्थ केयर, केसी मिट सप, लाइफ ट्रस्ट मेडि डाइग्नोष्टिक, ललितपुरको सुनिल फार्मेसी, भक्तपुरको खड्का प्लाष्टिक पसल, सप्तरीको काल्टु लिला प्रा लि उदयपुरको सरगम चश्मा घरका मर्चेन्टले एक–एक लाख रुपैयाँ जित्न सफल भएका छन्। यस योजनामा हरेक दिन क्यूआर आर्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रुपैयाँ जित्न सकिनेछ।

देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याइएको हो। फोनपेको नेटवर्कमा आबद्ध भैसकेका र आबद्ध हुन चाहने साना–ठुला सबै व्यवसायलाई समेट्ने यो योजनामा फोनपे मार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुनेछ।

यस योजनामा सहभागी हुनका लागि फोनपे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागी हुनका लागि फोनपे मार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ। फोनपे बिजनेसमा आबद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरी आफ्नो व्यवसायको प्यान नम्बर मार्फत आफै रजिष्ट्रर हुन सकिन्छ। साथै नजिकै रहेको बैङ्क तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनी मार्फत पनि मर्चेन्ट बन्न सकिनेछ।

यस योजनामा हरेक दिन बिहान १२ बजे देखि राति ११:५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुँदै आएका छन्। यो योजनाका विजेता लक्की ड्र मार्फत छनोट गरिँदै आएको छ र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजनेसको फेसबुक लाइभ मार्फत  गरिँदै आएको छ। यो योजनामा फोनपे मार्फत धेरै भन्दा धेरै कारोबार गर्ने व्यवसायीहरूले जित्ने सम्भावना बढी रहन्छ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आबद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढी मर्चेन्ट रहेका छन्। एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैङ्किङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्मार्फत  यसले सेवा प्रदान गर्दै आएको छ। फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था हो।



नयाँ