arrow

इसेवाको ‘शिक्षित युवा, संवृद्ध भविष्य योजना’, ५ सय बढी विद्यार्थीले छात्रवृत्ति पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २९ शुक्रबार
esewa-scoolarship.jpg

काठमाडौँ। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एसईई उत्तीर्ण भएका विद्यार्थीहरूलाई मध्यनजर गर्दै ‘शिक्षित युवा,संवृद्ध भविष्य’ योजना सार्वजनिक गरेको छ। यस योजनामा ५ सय भन्दा बढी विद्यार्थीहरूले उच्च शिक्षाका लागि छात्रवृत्ति प्राप्त गर्नेछन्। यो योजना आगामी भाद्र १५ गतेसम्म सञ्चालन हुनेछ। छात्रवृत्ति विद्यार्थीले छानेका कलेज अनुसार भर्ना शुल्क तथा मासिक शुल्कमा प्राप्त गर्न सकिनेछ।

विद्यार्थीहरूले जेभियर ईन्टरनेशनल, प्रिमियर कलेज, विद्या शङ्कर, ट्रिटन कलेज र टेक्सास ईन्टरनेशनल कलेज, विराटनगरका बाल कल्याण विद्या मन्दिर र लर्ड बुद्ध सेकेण्डरी स्कुलमा छात्रवृत्ति प्राप्त गर्नेछन् । इसेवा मार्फत आवेदन दिनेले मात्र छात्रवृत्तिको अवसर प्राप्त गर्नेछन्।

छात्रवृत्तिका लागि विद्यार्थीहरूले इसेवा मोबाइल एप तथा वेभ मार्फत इसेवा स्कोलरसिप अप्सनमा गई आवेदन दिन सक्नेछन्। छात्रवृत्तिका लागि विद्यार्थीहरूले रु ३० भुक्तानी गर्नुपर्नेछ। यो रकम यो योजना सकिएपछि विद्यार्थीको इसेवा आइडी रहेको नम्बरमा टपअप हुनेछ। छात्रवृत्तिमा समावेश भएका विद्यार्थीले छात्रवृत्ति दाबी गर्नका लागि आफ्नो एसइई पास भएको कागजात पेस गर्नुपर्नेछ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको सङ्ख्या करिब ४५ लाख रहेको छ। यसै गरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसङ्ख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब एक लाख ३० हजार  एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको सङ्ख्या तीन लाख नाघिसकेका छन्।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५० वटा बैङ्क तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैङ्कबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैङ्क खातामा रकम पठाउन सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ