arrow

ह्यारी केन बिनाको स्पर्ससँग सिटी पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३२ सोमबार
tottenham6.jpg
फाइल तस्विर।

काठमाडौं। ईङलिश प्रिमियर लिग फुटबलको पहिलो खेलमा म्यानचेस्टर सिटी पराजित भएको छ। टोटेनहयाम हटस्पर्ससँगको खेलमा  ह्यारी केन बिना सिटी पराजित हुँदा एक किसिमको तरङ्ग उत्पन्न भएको छ।

मैदानमा रहेका घरेलु दर्शकहरूले 'ह्यारी केन' जोडेर बिभिन्न नाराहरू लगाएका थिए। स्पर्सका स्टार खेलाडी ह्यारी केन सिटी जाने हल्ला चलिरहेको छ।

केन बिना सिटीलाई पराजित गर्दा घरेलु दर्शकहरू रोमाञ्चित भएका थिए। केहि समय अघि सिटीका म्यानेजर पेप ग्वार्डिओलाले स्पर्सलाई 'ह्यारी केन टिम' भनेर टिप्पणी गरेका थिए। 

स्पर्सको घरेलु मैदान र दर्शक सामु सिटीले आफ्ना आक्रमणहरूलाई गोलमा परिणत गर्न सकेन । उता स्पर्सले पनि त्यही समस्या भोगिरहेको स्पष्ट देखिन्थ्यो। स्पर्सका स्टार खेलाडी हेङ्ग मिन सनले खेलको ५५औं मिनेटमा दर्शनीय गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। 

सन को उक्त गोल नै निर्णायक हुन पुगेको थियो। सन लगातार स्पर्सका लागि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्। त्यसैगरि अर्को खेलमा वेष्टह्याम युनाइटेडले न्युक्यासल युनाईटेडलाई ४-२ गोलले पराजित गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ