arrow

मेस्सी नभएको बार्साको पहिलो जित, दुवै मड्रिडको विजयी सुरुवात

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३२ सोमबार
laliga-spanish-football.jpg

काठमाडौं। स्पानिस फुटबल लिग (ला लिगा) मा मेस्सी बिनाको बार्सिलोनाले विजयी सुरुवात गरेको छ। निकै लामो समयपछि लियोनल मेस्सी विहीन बार्सिलोना खेल्दा कस्तो असर पर्ला भनेर समर्थकहरू उत्साहित देखिन्थे । मेस्सी नहुँदा पनि बार्सिलोनाले सहज जित हात पारेको छ। 

बार्सिलोनाले रियाल सोसियदादलाई ४-२ गोलले पराजित गरेको हो। घरेलु मैदानमा खेलिरहेको बार्साले जेराड पिकेको गोलले अग्रता लिएको थियो। खेलको १९औं मिनेटमा मेम्फिस डिपेको असिस्टमा पिकेले गोल गरेका थिए। 

त्यसैगरि मार्टिन ब्रेथवेटले ४५औं र ५९ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई ३-०को अग्रता दिलाएका थिए। खेलको ८२औं मिनेटमा  सोसियोदादका जुलेन लोबेटेले गोल गर्दै खेलमा फर्किने संभावनाको ढोका खोलेका थिए। लगत्तै ८५ औं मिनेटमा मिकेल ओयरजाबलले गोल गर्दै स्थिती ३-२मा पुर्‍याएका थिए। खेलको ९०औं मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै बार्सालाई ४-२को जित दिलाए। 

उता रियाल मड्रिडले पनि लिगको सुरुवात जितबाट गरेको छ। डेपोटिभो अलावेसको घरेलु मैदानमा मड्रिड ४-१ गोलले विजयी भएको हो। मड्रिडको जितमा करिम बेन्जेमाले दुई गोल गरेका थिए भने नाचो फर्नान्डेस र भिनिसस जुनियरले १-१ गोल गरेका थिए। 

गत सत्रको लिग बिजेता एथ्लेटिको मड्रिडले सेल्टा भिगोलाई २-१ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ। 



नयाँ