arrow

खुमेल गाउँ : जहाँ माओवादी आतंकबाट त्रसित् छन् नागरिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३२ सोमबार
khumel gau-rolpa.jpg

रोल्पा। रोल्पाको एउटा गाउँ जहाँ माओवादी आतंकले नागरिक त्रसित हुँदै आएका छन् । रोल्पा नगरपालिका–३ खुमेलका नागरिक माओवादी आतंकका कारण तत्कालिन द्वन्द्धको समयमा झैं त्रसित रहेका छन् ।

इन्द्रबहादुर थापा, रोल्पा नगरपालिका–३ का वडाध्यक्ष हुन् । केही समय अघि राष्ट्रिय मावि खुमेलमा बजेटको बारेमा कुरा उठाउदा गाउँकै झक्कुप्रसाद घर्तीमाथि वडाध्यक्ष इन्द्रबहादुर थापाले निर्घात कुटपिट गरे ।

वडा सदस्य विर्खबहादुर घर्ती र उनका कार्यालय सहयोगी असोक महराले पनि कुटपिटमा सघाए । गाउँको अधिकांश योजनामा वडाध्यक्षले आफू निकटकालाई मात्र उपभोक्ता समितिको अध्यक्ष बनाएको भन्दै उक्त योजनामा आफू अध्यक्ष बन्ने इच्छा देखाएकै कारण घर्तीले मरणासन्न हुने गरी कुटाई खानु पर्यो‍ ।

यस्तै गत वर्ष पनि लम्पुजा-नुवाकोट सडक मर्मत उपभोक्ता समितिमा राख्न अनुरोध गर्दा गाउँकै केहि व्यक्तिलाई कुटपिट गरी उल्टै एक रात प्रहरी चौकीमा थुन्न लगाएका थिए थापाले । थापा मात्र हैन सोहि गाउँकै माओवादी नेता तथा नगर कार्यपालिका सदस्य लिलाराम सुनारले पनि केहि समयअघि गाउँकै अर्का एक युवालाई निर्घात कुटपिट गरी आफै उपचार गरेका थिए । यि त केहि उदाहरण मात्रै हुन् । यो गाउँमा माओवादीको यस्तो आतंक छ कि जो द्वन्द्वकालमा पनि थिएन । ‘द्वन्द्वकालमा त अरु कार्यकर्ता लगाएर कुटपिट गर्थे’ गाउँका एक पीडित युवाले भने ‘अहिले त वडाध्यक्ष आफै जाइलाग्छ हजुर ।’

विद्यालयमा पनि आतंक

वडाध्यक्ष थापाले गाउँकै राष्ट्रिय मावि खुमेलमा पनि आतंक मच्चाउदै आएका छन् । आफै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेर उपल्लो तहका शिक्षकहरु हुँदाहुँदै आफ्नै नातेदार पर्ने प्रावि तहको शिक्षक पूर्णबहादुर थापालाई प्रधानाध्यापकको जिम्मेवारी दिदै आएका छन् । नातेदार दुई भाई मिलेर विद्यालयमा व्यापक आर्थिक अनियमिता गर्दै आएका छन् । गत दुई शैक्षिक सत्रको छात्रवृत्ति वितरणका लागि विद्यालयमा आएको पौने २ लाख रकम झ्वाम पारेको अभिभावकहरुको गुनासो छ । 

यस्तै कारोनाका कारण पढाई नै नभएको कक्षा ११ र १२ का विद्यार्थीहरुबाट गत वर्ष बाह्रै महिनाको शुल्क उठाएर खाएको पनि स्रोतको दावी छ । प्लस टु पास गर्ने विद्यार्थीहरुलाई चारित्रिक प्रमाणपत्र दिदा ७ हजार देखी १० हजारसम्म अतिरिक्त शुल्क लिएर खाने गरेको आरोप छ । 
विद्यायमा निजी स्रोतका शिक्षक र कार्यालय सहयोगी राख्दा प्रधानाध्यापकले माओवादीलाई मात्र राख्ने गरेका छन् । विद्यालयका बारेमा चुइक्क बोलेमा वडाध्यक्षबाट कुटाई खाने डरले विद्यालयको अनियमितताका बारेमा अन्य शिक्षकहरुले कहिकतै बोल्न सकेका छैनन् ।

स्थानीय तहको निर्वाचनमा पनि आतंक

स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष थापाले गाउँमा आतंक मच्चाएर धम्की दिएरै भोट माग्ने गरेका थिए । उनले दलित बस्तीहरुमा पुगेर भोट नदिए घरमा ताल्चा लगाएर लखेट्ने धम्की दिएका थिए । कांग्रेस उम्मेदवारसँग थोरै मतान्तरले जितेका थापाले लम्पुजामा रहेको उनकी दिदीको किराना पसलबाट रासन खाएका गाउँका दलित तथा विपन्न परिवारहरुलाई धम्की दिएरै माओवादीमा भोट हाल्न लगाएका थिए । थापाकी दिदी च्याङ्खुरीले कि पैसा, कि भोट नत्र घरमा ताल्चा लगाइदिने उर्दी जारी गरेपछि कांग्रेसको पकड रहेको दलित बस्तीबाट खर्लप्पै माओवादीमा भोट आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ