arrow

४० बर्ष भारतीय जेल जीवन बिताएका दुर्गाप्रसादलाई बिराटनगर स्थित मानब सेवा आश्रम लगियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
durga-prasad-Ilam.jpg

काठमाडौं । बिना कसुर ४० बर्ष भारतीय जेल जीवन बिताएर नेपाल ल्याइएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई विराटनगर लगिएको छ । 

माई नगरपालिका–१० लुम्बकका तिम्सिनालाई माई नगरपालिको समन्वयमा मानब अधिकार मञ्च नेपालले उद्धार गरि बुधबार बिराटनगर स्थित मानब सेवा आश्रम लगिएको हो ।

उनका भतिज गोपाल निरौलाका अनुसार दुर्गाप्रसादको स्वास्थ्य अबस्था जटिल बन्दै गएकोले बिराटनगर स्थित मानब सेवा आश्रममा केही दिन राखि मनोचिकित्सक मार्फत समेत उपचार गरिनेछ ।

केही दिनको उपचारमा पनि स्वास्थ्यमा सुधार नभए काठमाडौं लगेर थप उपचार गरिने गोपालले बताए । दुर्गाप्रसाद केही दिन अघि घरबाट बेपत्ता भएका थिए । पछि उनलाई इलामकै गोदक जौंबारीमा फेला पारिएको थियो ।

पछिल्लो समय प्रभावकारी उपचार नपाएपछि दुर्गाप्रसाद मानसिक रुपमा विक्षिप्त बनेका थिए । परिवारसँगै लुम्बक बस्दै आएका उनी परिवार र समाजमा घुलमिल हुन समस्या भइरहेको अवस्थामा स्वास्थ्यमा थप जटिलता देखिएको छ ।

फोहोर पानी उठाउँदै पिउने, आफ्नै सुत्ने कोठामा पिसाब गर्ने, घरका अन्य सदस्यलाई कुट्न झम्टिने, घरमा थाह नदिई टाढा–टाढासम्म घुम्ने लगायतका अनौठो कार्य गर्न थालेको भतिज गोपालले बताए । मानसिक रुपमा विक्षिप्त बनेका उनी गत आइबार घरबाट हराएका थिए । करिब ८ घन्टापछि प्रहरीको सहयोगमा उनलाई मेची राजमार्गको जौवारीमा फेला पारिएको थियो ।

उनलाई गत बैशाखमा विराटनगरस्थित विराट मेडिकल कलेजमा १७ दिन उपचार गरी घर ल्याइएको थियो । थप उपचारपछि दुर्गाप्रसादको अवस्थामा सुधार आउने अपेक्षा राखिएको भएपनि केही साता यता उनको मानसिक सन्तुलनमा समस्या आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ