arrow

माधव नेपालले प्रस्ताव गरेको नाम दर्ता गर्न निर्वाचन आयोगले मानेन

नयाँ नाम ‘नेकपा एकीकृत समाजवादी’ प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
madhav-nepal.JPG

काठमाडौँ । माधव नेपाल समूहले दल दर्ताका लागि निर्वाचन आयोगमा प्रस्ताव गरेको नाममा आयोगले दल दर्ता गर्न नमानेपछि सो समूहले नयाँ नाम प्रस्ताव गरेको छ। आयोगसँगको बिहीबारको छलफलमा सो समूहका नेता राजेन्द्र पाण्डे र डा. विजय पौडेलसहितको छलफलका क्रममा आयोगले उनीहरूलाई नयाँ नाम ल्याउन भनेको थियो । सोही अनुसार पाण्डे र पौडेल लगायतले दलको नयाँ नाम ‘नेकपा एकीकृत समाजवादी’ प्रस्ताव गरेका हुन् ।

‘हामीले नयाँ नामसहित दर्ताका लागि पुनः पत्र लिएर आउनुस् भन्यौँ, उहाँहरू प्नि नाम परिवर्तन गर्न तयार हुनुभएको हो, नयाँ नाम ‘नेकपा एकीकृत समाजवादी’ प्रस्ताव भयो,’ निर्वाचन आयोग उच्च स्रोतले हाम्रा कुरासँग भन्यो । 

यसअघि सो समूहले नेकपा एमाले (समाजवादी) नाम राखेको थियो । यसै गरी नयाँ दलमा पहिले ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा हाल बढाएर ११५ पुर्‍याइएको छ । निर्वाचन चिन्हका बारे निर्णय नभई सके पनि कलम हुन सक्ने बताइएको छ । 

एमालेले भन्यो : मिल्ने नाम दर्ता नगर्नु
यसैबिच नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई सचेत गराएको छ ।  एमाले नेताहरू आयोग पुगेरै आफ्नो दलसँग मिल्ने नाम दर्ता नगर्न आयोगलाई भनेका हुन् । 

माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएपछि मूल एमालेका नेताहरू केही बेरअघि आयोग पुगेका थिए । उनीहरूले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ (१) (ङ) र ९ अनुसार राजनीतिक दलको नाम, झन्डा र चुनाव चिन्ह संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको भन्दै ध्यान दिन भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ