arrow

डा.कोइरालाको सुझाव : बेरुजु फर्छ्यौट नगर्ने र अनियमिता गर्नेलाइ कारवाही होस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ६ आइतबार
Shaker_koirala.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेरुजु फर्छ्यौट र अनियमिता गर्नेलाइ कारवाही गर्नेतर्फ सरकारले पाइला चाल्न सुझाव दिएका छन् ।

महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएपछि आइतबार सामाजिक संजालमार्फत आफ्नो प्रतिक्रिया जनाउँदै डा.कोइरालाले सरकारको इच्छाशक्ति भए यी दुवै काम गर्न सकिने धारणा राखेका हुन् ।

महालेखा परीक्षकको कार्यालयको ५८ औं वार्षिक प्रतिवेदन अनुसार स्थानीय तहमा बेरुजु रकम बढेको देखिएपछि डा. कोइरालाको प्रतिक्रिया आएको हो ।

उनले लेखेका छन्, 'महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएको छ । वेरुजु र अनियमितताको अंक बढ्दो छ । वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमितालाई कारवाही गर्ने तर्फ पाइला चाल्नु जरुरी छ ।’ 
 



नयाँ