arrow

तीन बुँदे माग राख्दै कांग्रेसका जिल्ला सभापतिहरुले सानेपामा शुरु गरे धर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
dharna-sanepa.jpg
तस्वीर सौजन्य : निराजन थापा

काठमाडौं । तीन बुँदे माग राख्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी कार्यालय सानेपामा धर्ना शुरु गरेका छन् ।

मंगलबार विहानदेखि शुरु भएको धर्नामा क्रियाशील सदस्यताको सूची प्रकाशित गर्नुपर्ने, निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायतका माग राखिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिएका जिल्ला सभापतिहरुले धर्नामा बसेका छन् । धर्नामा विभिन्न भातृ संगठनका पदाधिकारीहरुले पनि साथ दिएको विद्यार्थी नेता निराजन थापाले बताए ।

नुवाकोट जिल्ला सभापति जगदिशश्वर नरसिंह केसीले आफ्ना मागहरु सुनुवाइ नभए धर्ना अनिश्चितकालका लागि जारी राखिने जानकारी दिए । धर्नामा आलोपालो गरी बस्ने र पहिलो दिन काठमाडौंमा उपलब्ध जिल्ला सभापतिले धर्ना दिइरहेको उनले बताए ।

मागहरु

१.प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस ।

२. क्रियाशील सदस्यता तहगत निर्णय गरियको सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानवीन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस ।

३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस । 



नयाँ