नेकपा एकीकृत समाजवादी दर्ताका लागि २९ सांसद र ५५ केन्द्रीय सदस्यले गरे हस्ताक्षर
बरिष्ठ नेता खनालले दूताबासमार्फत गरे सनाखत
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
1.3k
Shares
काठमाडौं । निर्वाचन आयोगमा माधवकुमार नेपाल नेतृत्वको ‘नेकपा एकीकृत समाजवादी’दर्ताका लागि एमालेबाट अलगिएका २९ सांसद र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्।
आयोगले प्रस्तावित दलका पदाधिकारी र केन्द्रीय सदस्यहरुको हेड काउन्ट गर्दै सनाखतका लागि बुधबार आयोगको कार्यालयमा बोलाएको थियो । टुरिष्ट बस चढेर परिचय पत्रसहित नेता नेपालसहित २९ सांसद र ५५ केन्द्रीय सदस्य आयोग पुगेका थिए ।
उता भारतमा उपचार गराइरहेका नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पनि दूतावासमार्फत नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् ।
एकिकृत समाजवादीले ३१ सांसद र ६५ केन्द्रीय सदस्य उपस्थित हुने दाबी गरेको थियो। एमालेबाट फुटेर नयाँ दल बनाएका उनीहरुलाई आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको थियो ।