arrow

स्याङ्जाका डिएसपी अधिकारी ‘उत्कृष्ट प्रहरी’

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ भदौ १० बिहिबार
dsp-adhikari-syangja.JPG

स्याङ्जा । नेपाल प्रहरीमा कार्यरत कर्मचारीले समाजमा खेलेको शान्ति सुरक्षामा खेलेको भूमिकाको आधारमा हरेक महिना र वर्षमा उत्कृष्ट प्रहरी पुरस्कृत गर्ने अभियान सुरु एक वर्ष पुरा भएको छ । 

प्रहरी कर्मचारीको मनोबल उच्च राख्न प्रहरी प्रधान कार्यालयको नीति अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ‘उत्कृष्ट प्रहरी’ पुरस्कारलाई निरन्तरता दिँदै आएको छ । प्रहरी कर्मचारीलाई डिउटीमा खटिएको कामको आधारमा प्रहरी जवान देखि प्रहरी अधिकृत सम्म पुरस्कृत गरिँदै आएको छ । 

यसै क्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीलाई २०७७ सालको ‘उत्कृष्ट प्रहरी’ पुरस्कारबाट सम्मानित भएका छन् । 

अधिकारीले मातहतका प्रहरी कर्मचारीहरूलाई उचित ढङ्गले परिचालन गरी प्रहरी कार्य, प्रशासनिक व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण लगायत फरार रहेका विभिन्न प्रतिवादीहरू पक्राउ लगायतमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । 

अवैध घरेलु मदिरा नियन्त्रण, कोभिड १९ नियन्त्रण एवं विभिन्न सचेतना मूलक कार्यक्रमहरू सञ्चालनमा उत्कृष्ट कार्यान्वयन गराउन डिएसपी अधिकारीको भूमिका प्रभावकारी रहेको प्रहरी प्रमुख बोगटीले बताए । 

सूचनालाई चुस्त दुरुस्त राख्न र प्रवाहमा भूमिका राम्रो हुँदा कार्यालयको काममा पारदर्शिता देखियो प्रहरी प्रमुख बोगटीले भने,‘जसले गण्डकी प्रदेशकै उत्कृष्ट हुन सफलता तुल्यायो ।’

स्थानीय निकाय, विभिन्न सरोकारवालाहरुसंग आवश्यक समन्वय गरी समाजमा शान्ति सुरक्षा कायम राखी आम नागरिक माझ प्रहरी सङ्गठनको छवि उच्च बनाउन भूमिका खेलेकोले वर्ष २०७७ को ‘उत्कृष्ट प्रहरी’ सम्मानबाट पुरस्कृत गरिएको हो उनले भने । 

१५ महिना अगाडी आएका अधिकारी जिल्ला प्रहरी कार्यालय स्याङ्जा जेष्ठ २२ गते हाजिर भएका थिए । प्रहरीले गरेको काम कारबाहीको बारेमा सहज रूपमा सूचना दिने भूमिकामा अधिकारी जिल्लाका पत्रकारका पनि प्रशंसीत रहेका छन् । जिल्ला प्रहरी कार्यालयमा १२ जना प्रहरी कर्मचारी पुरस्कृत भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ