arrow

रोनाल्डोले युभेन्टस छाडे, म्यानचेस्टर सिटी जाने हल्ला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
ronaldo68.jpg

काठमाडौं। पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टस छाडेका छन्। उनले शुक्रवार बिहान अभ्यास मैदानमा करिब डेढ घण्टा बिताएका थिए। 

उनले आफ्नो लकरका सामानहरू मिलाउन उक्त समय लिएको बताइएको छ। स्काइस्पोर्ट्सका अनुसार उनले अभ्यास मैदानमा रहेका आफ्ना साथी खेलाडीहरूसँग बिदा लिएका थिए। 

रोनाल्डोले युभेन्टसबाट खेल्न इच्छा नदेखाएपछि उनी म्यानचेस्टर सिटी जाने हल्ला चलेको छ। सिटीले उनको एजेन्टसँग कुरा गरिरहेको बताइएको छ। युरोपियन फुटबलमा सम्झौतामा हस्ताक्षर नहुन्जेल केही भन्न नसकिने तर सिटी जाने कुराले बजार तताएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ