arrow

कालीकोटमा जीप दुर्घटना : एकको मृत्यु, ११ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
accident-final_1618120153.jpg

कर्णाली । कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका-२ कालीकोटको आम्तडामा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शान्तिघाटदेखि जितेगाडका लागि छुटेको मानसरोवर यातायातको क १ ज २३ नम्बरको जीप दुर्घटना हुँदा करिब २२ वर्षीय चालक विक्रम गिरीको घटनास्थलमै ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

घाइते पाँचको अवस्था गम्भीर भएकाले हेलिकप्टर बोलाइएको तर मौसम खराबीका कारण बीचैबाट फर्केको प्रवक्ता श्रेष्ठले बताए। उनका अनुसार अहिले गम्भीर घाइते पाँच जनालाई ल्याउनका लागि सशस्त्र प्रहरीको गाडी त्यसतर्फ पठाइएको छ । छ जनाको भने रास्कोट अस्पतालमै उपचार भइरहेको उनले जनाए । 

प्रहरीका अनुसार घाइते हुनेमा कालीकोट रास्कोट नगरपालिका-९ का नरपति लोहार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, टेक लोहार र रास्कोट-७ का कमलराज शाही, सान्नीत्रिवेणी-६ का बदे संज्याल, रन्तप्रसाद संज्याल, सुन्दर संज्याल, तिलकप्रसाद संज्याल र पँचाल झरना गाउँपालिका-९ की अनिता शाही रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ