- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । नेपाली काँग्रेसको महाधिवेसन नजिकिदै जाँदा तल्लो तहसम्म क्रियाशील सदस्यता विवाद टुंगोमा पुग्न नसकेपछि सर्लाहीमा वडा अधिवेशन अनिश्चित बन्ने देखिएको छ ।
यही भाद्र १८ बाट वडा अधिवेशन शुरु गर्नुपर्ने भएपनि सर्लाहीको क्रियाशील विवाद कायमै रहेकाले वडा अधिवेशन शुरु गर्ने वा नगर्ने भन्नेमा अन्योल छ । चार क्षेत्र रहेको सर्लाहीमा तीन वटा क्षेत्रमा क्रियाशील सदस्यता समाधान भएपनी दुई नम्वर क्षेत्रमा भने विवाद कायमै छ ।
विवादका कारण आगामी १८ गतेबाट हुन लागेको वडा अधिवेशन अन्येलमा छ । तीन नम्बर क्षेत्रका प्रायः सबै वडामा बिवाद कायमै छ । यस क्षेत्रमा वडाबाट सिफारिस भएर गएको भन्दा ५८२ जनाको क्रियाशील सदस्यता प्रदान गरिने भएकोले बिवाद भएको रामचन्द्र पौडेल पक्षका पूर्वजिल्ला सभापति लक्ष्मण रायले बताए ।
वडा समितिबाट सिफारिस नभईकन गएको नाम समेटेर नयाँ क्रियाशील सदस्यको नामावली आएको उनको दाबी छ । पार्टीको विधान अनुसार वडाको सिफारिसको आधारमा गाँउ तथा नगरले सिफारिस गर्ने र त्यसको आधारमा प्रदेश समिति तथा क्षेत्रीय समितिले नामावली छनोट गर्नुपर्ने भएपनि त्यसरी नभएको रायको भनाइ छ । ढोकाबाट आउनुपर्ने नामावली झ्यालबाट उनको दाबी छ ।
वास्तविक भन्दा पनि आप्mनो पक्षको नाम हाल्न झ्यालवाट नामावली पठाउनाले यस्तो अवस्था आएको उनको भनाइ छ । उता, शेर बहादुर देउवा पक्ष मानिने नागेन्द्र कुमार रायले भने स्थानीय निकाय संमायोजनपछि पहिलेको वडा सभापतिहरु समायोजनपछि नगर÷गाँउ बन्ने बेला नँया समिति बनेकाले पहिलेको समिति कायम नरहेको बताउँछन् ।
नयाँ समितिले गरेको सिफारिसको आधारले क्रियाशीलको नामावली आएको उनको दाबी छ । उता जिल्ला सचिव नबिन अधिकारिले भने वडादेखि केन्द्रसम्म नयाँ वा पुरानो भन्ने नहुने भन्दै अधिवेशनबाट कार्य समिति चयन हुन र संमायोजनपछि कुनै अधिवेशन नभएकाले पहिलेको समितिले काम गर्न पाउनुपर्ने बताउँछन् ।
यता, कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अहिलेसम्म ५३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरिसकेको छ । तर अझै २४ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली भने टुंगो लगाउन बाँकी रहेको छ ।