- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सामान्यतयाः मानिसले दिनमा ६–७ घण्टा सुतेन भने अर्को दिन उसलाई काम गर्न कठिन पर्न सक्छ । चिकित्सा विज्ञानले पनि दैनिक ६ देखि ८ घण्टा सुत्नुपर्छ भन्छ । तर अचम्म लाग्न सक्छ कोही मानिस ४८ वर्षदेखि सुतेकै छन ।
भारतको रीवा जिल्लाका एक रिटायर्ड अधिकृत मोहनलाल द्धिवेदी ४८ वर्षदेखि सुतेकै छैनन् । उनी हाल ७१ वर्षका छन् । उनले ४८ वर्षसम्म आफू एक पल पनि नसुत्दासमेत कुनै अप्ठेरो नभएको बताउँछन् ।
उनले दिल्ली र मुम्बईमा पुगेर उपचार पनि गराए । उनले करिब २५ वर्ष पहिले यसको उपचार गराएका थिए । तर अहिले भने उनी सामान्य जनजीवन बिताइरहेका छन् ।
मोहनलालको दैनिकी देखेर चिकित्सक पनि हैरान छन् । त्यतिमात्र हैन उनकी छोरी र पत्नी पनि तीन घण्टामात्र सुत्छन् । विज्ञहरुका अनुसार मोहनलालको स्थिति विश्वास गर्ने खालको छैन । सुत्नु दैनिकीको एक महत्वपूर्ण भाग हो । यस बिना मानिस स्वस्थ्य हुनै सक्दैन । मोहनलालको निद्रामाथि ठूलो अनुसन्धान जरुरी भएको छ ।
यस्तो छ उनको दैनिकी–
–उनी बिहान ४ बजे बिस्ताराबाट उठेर छतमा जान्छन् । योग गर्छन् । अभ्यास गर्छन् ।
–७ बजे स्नान गर्छन् ।
–८ देखि १० बजेसम्म पूजापाठ गर्छन् ।
–बिहान ११ बजे भोजन गर्छन् ।
–मध्यान्ह १२ बजेदेखि साँझसम्म किताब पढ्छन् ।
–बेलुकी ७ देखि ९ बजेसम्म फेरि पूजा गर्छन् ।
–राति ९ बजे खाना खान्छन् ।
–राति १० बजे टीभी हेर्छन् ।
–मध्यरात १२ बजे बिस्तारामा जान्छन् । तर जाग्राम बस्छन् ।
भगवान्को देन हो त ?
भगवान राम १४ वर्ष वनवास हुँदा उनका भाइ लक्ष्मण एक क्षण पनि सुतेनन् । उनले भोजनसमेत गरेनन् । मोहनलाल भन्छन्, ‘लक्ष्मणले भोजनसमेत गरेनन् म त खान्छु पिउँछु ।’
मोहनलालका अनुसार अमेरिकाको क्यालिफोर्नियाका एक ६७ वर्षे मानिस पनि सुत्दैनन् । उनका पिता पनि कम सुते । उनकी आमा पनि कम सुतिन् । श्रीमती र छोरी पनि कम नै सुत्छिन् । यसो भनिरहँदा मोहनलालले भगवान्को देन नै भएको बताएको अनुभूति हुन्छ ।
को हुन् द्धिवेदी ?
उनको जन्म सन् १९५० को जुलाई १ मा जनकहाई गाउँमा भएको थियो । गाउँको पढाई सकेर उनी रीवा आए । त्यतिबेला उनी सामान्य सुताइ सुत्थे । त्यतिबेला उनी २–३ घण्टा सुत्थे । मोहनलालका अनुसार उनका बाबु पनि २–३ घण्टामात्र सुत्थे ।
उनको सन् १९७० मा नर्मदासँग विवाह भयो । उनकी छोरी प्रतिभा हुन् । प्रतिभाले दुवै हातले लेख्न सक्छिन् । उनका पति इन्जिनियर छन् ।
मोहनलालका अनुसार सन् १९७३ मा उनी लेक्चरर भएपछि उनको निद्रा गायब भयो । यसपछि उनी सरकारी जागिर छाडेर रीवाको टीआरएस कलेज प्राध्यापक भए । सन् १९७४ मा एमपीपीएससीमा छानिए ।
उनी सिवनी जिल्लामा नायब तहसीलदार भए । सन् १९९० मा तहसीलदार, १९९५ मा एसडीएम र २००१ मा ज्वाइन्ट कलेक्टर बने । त्यसपछि रिटायर्ड भए । (भास्करडटकमको सहयोगमा)